खेलकुद

त्रिकोणात्मक सिरिजमा आज नेपाल र युएईबीच भिडन्त

काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत युएईको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा नेपाल अहिलेसम्म लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा पुगिसकेको छ । नेपालले यसअघि पहिलो खेलमा युएईलाई र त्यसपछि हङकङलाई लगातार दुई खेलमा पराजित गरेको थियो । त्यसैगरी युएईले हङलाई पराजित गरेको छ ।

नेपाल र युएईबीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नेपाल र युएईले ३-३ खेल जितेका छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *