काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल जारी छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले खेलको पाँचौं ओभरमा ८ रन बनाएर खेलिरहेका सोमपाललाई गुमाएको हो । यसअघि कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।




