खेलकुद

पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुदै ३०५ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।

यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यो जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र् २ हारसहित ४ अंक रहेको छ ।

अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *