काठमाडौँ । नेपालले हङकङविरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।
त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई सोमपाल कामीले तेस्रो सफलता दिलाएका हुन् । सोमपालले हङकङका २ रन बनाएर खेलिरहेका मार्टिन कोएटजीलाई आउट गरेका हुन् ।
यसअघि करण केसीले नेपालका लागि २ विकेट लिएका थिए ।




