काठमाडौँ । इन्टर मियामीले एमएलएस अन्तर्गतको खेलमा चार्लोटेसँग बराबरी खेलेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी र चर्लोटे २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
चार्लोटेका लागि एन्जो कोपेटी र् केर्विन भारगासले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि निकोलस मार्सेलो स्टेफेनेली र् रोबी रोबिन्सनले एक एक गोल गरेका थिए ।
यस खेलमा लियोनेल मेसी भने खेलेका थिएनन् । मेसी अहिले राष्ट्रिय टिमका लागि खेल्न गएकाले यो खेल गुमाएका थिए ।
यो बराबरीपछि इन्टर मियामीको ३३ खेलमा ३४ अंक भएको छ र् लिगमा १४औं स्थानमा छ । इन्टर मियामी यस सिजनको एमएलएस लिगको प्लेअफमा छनौट हुन असफल भएको छ ।
अब यस सिजनको लिगमा इन्टर मियामीले एक खेल खल्ने छ । त्यस्तै चार्लोटेको ३३ खेलमा ४० अंक रहेको छ र् लिगमा १२औं स्थानमा छ ।




