काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ ।
युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले २३ रन बनाएर खेलिरहेका आसिफ सेखको विकेट गुमाएको हो । आसिफलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् ।
यसअघि नेपालका कुशल भुर्तेलले १४, कुशल मल्लले ११ रन बनाएर आउट भएका थिए ।




