खेलकुद

नेदरल्याण्डसको दक्षिण अफ्रिकामाथि ३८ रनको जित

काठमाडौँ । नेदरल्याण्डसले जारी आइसीसी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछाएको खेलमा दक्षिण अफ्रिका ४२.५ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि नेदरल्याण्डसले खेल ३८ रनले जितेको थियो ।

यसअघि नेदरल्याण्डसले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउदै २४५ रन बनाएको थियो । बर्षाले प्रभावित भएपछि यो खेल ४३-४३ ओभर खेलाइएको थियो ।

योसँगै यस विश्वकप दोस्रो ठुलो उलटफेर भएको छ । यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन ईङल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

यस अघि लागातार दुई खेलमा हार बेहोरेको नेदरल्याण्डसको यो यस विश्वकपमा पहिलो जित हो । यो जितपछि नेदरल्याण्डसको ३ खेलमा २ अंक भएको छ । त्यसैगरी दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक रहेको छ ।

अब यो खेलपछि श्रीलंकामा लागातार तीन खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *