काठमाडौँ । श्रीलंकाले अस्ट्रेलियालाई २१० रनको लक्ष्य दिएको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंका ४३.३ ओभरमा अल आउट हुदै २०९ रन बनाएपछि अस्ट्रेलियाले २१० रनको लक्ष्य पाएको हो ।
एक समय २१५ रनको ओपनिंग साझेदारी गरेको श्रीलंका त्यसपछि सम्हालिन नसक्दा अल आउट भएको थियो ।
श्रीलंकाका लागि पाथुम निसान्काले ६१ र कुसल परेराले ७८ रन बनाए भने चरिथ असलंकाले २५ रन बनाए । यी बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
त्यसैगरी अस्ट्रेलियाका बलर एडम जाम्पाले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क र कप्तान पाट कमिन्सले २-२ विकेट र ग्लेन म्याक्सवेलले एक लिएका थिए ।




