खेलकुद

अस्ट्रेलिया र श्रीलंकाबीचको खेल बर्षाले रोकियो

काठमाडौँ । भारतको लखनउमा जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत अस्ट्रेलिया र श्रीलंकाबीचको खेल वर्षाले रोकिएको छ ।

टस जितेर श्रीलंकाले ब्याटिंग गरिरहेका बेला बर्षा भएपछि खेल रोकिएको हो । ठुलो वर्षा नभएकोले छिटै रोकिएर खेल सुचारु हुने विश्वास गरिएको छ ।

खेल रोकिदासम्म श्रीलंकाले ३२.१ ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको छ ।

श्रीलंकाका ओपनर पाथुम निसन्का र कुसल परेराले १२५ रनको उत्कृष्ट साझेदारी गरेपनि त्यसपछि श्रीलंकाले लगातार विकेट गुमाएको छ । श्रीलंकाका लागि निसन्काले ६१ रन बनाए भने परेराले ७८ रन बनाएर आउट भए ।

अस्ट्रेलियाका बलर कप्तान पाट कमिन्स र एडम जाम्पाले २-२ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *