गाजा । इजरायलको आक्रमण जारी रहेका बेला गाजा सहरमा मृत्यु हुनेको संख्या २७ सय नाघेको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार इजरायली आक्रमणमा गाजामा २७ सय ५० जनाको मृत्यु भएको छ भने ९७०० घाइते भएका छन् ।
त्यसैगरी वेस्टबैंकमा अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ भने १२५० घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
योसँगै २०१४ मा भएको गाजा-इजरायल युद्धमा भन्दा यस पटक मृत्यु हुनेको संख्या बढी भएको छ । त्यति बेला ५१ दिनसम्म भएको युद्धमा २२५१ जनाको मृत्यु भएको थियो ।




