खेलकुद

साविक विजेता इङ्ल्यान्ड अफगानिस्तानसँग ६९ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले साविक विजेता इङल्यान्डलाई ६९ रनले पराजित गरेको छ ।

दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा इङल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । २ सय ८५ रनको चुनौति पछ्याएको इङल्यान्डलाई अफगानिस्तानले ४० दशमलव तीन ओभरमै अल आउट गर्यो । इङल्यान्डले २१५ रनको योगफल मात्र बनायो ।

इङल्यान्डका जोनी ब्रेस्टो र जो रुटलाइ सस्तैमा गुमायो । ब्रेस्टो २ र रुट ११ रनमा आउट भए । ३९ बल खेलका दविड मलनले चार चौका सहयोगमा ३२ रन जोडे ।

भने हेरी ब्रुकले अर्धशतक प्रहार गरे । हेरीनै इङल्यान्डका सर्वाधिक रनकर्ता हुन् । उनले ६६ रन प्रहार गरे भने अन्य खेलाडीको ब्याटिङ सम्झन लायक बनेन ।

अफगानिस्तानका मुजिब रहमान र राशिद खानले समान ३ विकेट लिए । मोहम्मद नाबीले दुई विकेट लिए ।

त्यसअघि ४९ दशमवल ६ ओभरमा अल आउट हुँदै २ सय ८४ रन बनाएको थियो । रमानुल्लाह गुरबाज र इक्राम अलिखिलले अर्धशतक प्रहार गरे । ओपनर इब्राहिम जद्रान र गुरबाजले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १७ औं ओभरमा आदिल रसिदले यो साझेदारी तोडे । जद्रान २८ रनमा मैदान बाहिरिएका हुन् ।

त्यसपछि अफगास्तिानले लगत्तै दुई विकेट गुमायो । रहमत साह ३ र कप्तान हस्मतुल्लाह साहिदी १४ रनमा पवेलियन फर्किए । अज्मातुल्लाह ओमरजाइले १९ रन जोडे । मोहम्मद नाबीलाइ ९ र रासिद खानलाइ २३ रनमा मैदान बाहिर पठाउदै इङलिस बलरले पुनरागमन गरे । गुरबाजले सर्वाधिक ८० रनको योगदान गरे । उनले ३३ वलमानै अर्धशतक पुरा गरेका थिए । ५७ बल खेलेका उनले आठ चौका र चार छक्का हिर्काए । मुजिब रहमानले १६ वलमा २८ रन जोडे ।

रसिदले तीन, मार्क उडले दुई विकेट लिए । रिस टप्ले, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट बाडे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *