काठमाडौं । उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ ।
साथै अन्य १७ जना घाइते भएका छन् ।पुल ए खुमरी सहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विस्फोट भएको थियो । मृतकको सङ्ख्या अझै बढी रहेको स्थानीयहरूको भनाइ छ ।
घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।




