देश

पूर्वमेयर पौडेलको मृत्यु रहस्यमयी, मानसिक टर्चरको आशंका

काठमाडौं । जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत अवस्थामा फेला परेका छन् । एमाले मधेस प्रदेश कमिटीका पूर्वसचिवसमेत रहेका पौडेल बिहीवार साँझ ७ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।

पौडेलको मृत्यु रहस्यमयी देखिएको स्थानीयहरूले जनाएका छन् । प्रहरीले सो बारेमा छानबिन गरिरहेको जनाएको छ । उनी दुई दिनदेखि घरमै ढोका थुनेर बसेको स्रोतले बतायो । घटना हुने बेला पौडेलका परिवारका सदस्य भने काठमाडौंमा रहेको बुझिएको छ ।

पौडेल डिप्रेसनका रोगी रहेको बताइन्छ । खासगरी पाँच वर्ष मेयरमा रहँदा गरेका निर्णयलाई लिएर अहिलेका मेयर राजन पौडेलले निकै टर्चर दिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले उल्लेख गरेका छन् ।

त्यसैले पौडेलको मृत्युलाई हत्याको रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । हालका मेयर पौडेल भने माओवादीबाट निर्वाचित हुन् । कृष्ण पौडेल सहकारी अभियन्तासमेत थिए । उनको मृत्युले अहिले सिमरा शोकमा डुबेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *