खेलकुद

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य

काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३१२ रनको लक्ष्य दिएको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै ३११ रन बनाएको हो ।

दक्षिण अफ्रीकाका लागि क्वेंटन डिककले शतकीय पारी खेलेका थिए । १०९ रन बनाएर आउट भएका डिककले यस विश्वकपमा लगातार दोस्रो शतक बनाएका हुन् ।

डिककले पहिलो विकेटका लागि टेम्बा बभुमासँग १०८ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि भान डेर दुस्सेनसँग ५० तथा तेस्रो विकेटक लागि एड्रियन माक्रमसँग ३९ रनको साझेदारी गरेका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका लागि एडीयन माक्रमले ५६ रन बनाए भने कप्तान टेम्बा बभुमाले ३५, रस्से भान डेर दुस्सेनले २६, हेइनरिक क्लासेनले २९, डेभिड मिलरले १७, मार्को जानसेनले २६ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्ट्राक र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए भने जोस हजेलवूड, पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *