काठमाडौँ । नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिंग गरको नेपाल ४०.१ ओभरमा अल आउट हुदै ३५३ रन बनाएको हो ।
नेपालका लागि कप्तान देव खनालले शतकीय पारी खेलेका थिए । देवले ६० बलमा आफ्नो शतक पुरा गरेका थिए । त्यस्तै दीपक बोहोराले ६५ रन बनाएका थिए भने दिपक डुम्रेले ६९, दिपेस कडेलले २९, हेमन्त धामीले २३, सुबास भण्डारीले अविजित १८ र आकास चन्दले अविजित १९ रन बनाएका थिए ।
त्यसैगरी इरानका बलर सलमान नियाजमण्ड र डाड्रहमान राएइसीले ३-३ विकेट लिएका थिए । त्यस्तै समान सेइखी र जेइद राएइसीले २-२ विकेट लिएका थिए ।




