देश

दूतावासले भन्यो–विपिन जोशीको खोजी जारी छ

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी रहेको जनाएको छ ।

दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी गरिरहेको छ । दूतावासले बुधबार परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *