काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयार्जाबालले एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडको ८ खेलमा १९ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको ९ खेलमा १५ अंक छ र लिगमा छैटौं स्थानमा छ ।




