विश्व

हमासको आक्रमणमा कम्तीमा २२ इजरायलीको मृत्यु

गाँजा । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ ।

हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन। सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन्।

साे क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ ।

केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेकाे भिडियाे बाहिर अाएकाे छ ।

भिडियाेमा गाँजा सहरमा भागदाैड देखिएकाे छ भने प्यालेस्टाइनी प्रहरीकाे बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियाेहरू सार्बजनिक भएका छन ।

हजाराैं इजरायलीहरू गाँजाकाे क्षेत्रबाट भागाभाग भएकाे तथा हमासका हजाराैं लडाकुहरू प्यालेस्टाइनबाट इजरायली भुमी छिर्दै गरेकाे दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

अचानक भएको यो ठूलो हमला पछि इजरायलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् ।

भीडन्त अहिले पनि जारी छ । मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाईएको छ, यसको बिस्तृत बिवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *