काठमाडौँ । जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ । यस खेलमा नेदरल्याण्डस ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै पाकिस्तानले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो । नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ । यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक २०११ को विश्वकप खेलेको थियो ।
त्यसैगरी १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भएको छ । १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान १९९९ को विश्वकपमा उपविजेता बनेको थियो । पछिल्लो विश्वकपमा समुह चरणबाट बाहिरिएको पाकिस्तान यस विश्वकपको दाबेदार मध्येको एक देश मानिन्छ ।
बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान अहिले एकदिवसीय वरियतामा विश्वमा तेस्रो स्थानमा छ भने केहि समय अघिसम्म विश्वको एक नम्बरमा थियो ।
पाकिस्तान र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएपनि नेदरल्याण्डसले अहिलेसम्म पाकिस्तानलाई पराजित गर्न सकेको छैन ।
नेदरल्याण्डसको प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।
पाकिस्तानको प्लेइङ ११- बाबर आजम (कप्तान), शाडाब खान, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील र शाहीन शाह अफ्रिदी ।




