काठमाडौँ । भारत चीनमा जारी एशियन गेम्स क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशलाई ९ विकटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
बंगलादेशले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले ९.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि तिलक बर्माले सर्बाधिक अविजित ५५ रन बनाएका थिए भने कप्तान रुतुराज गायकवाडले अविजित ४० रन बनाएका थिए । यस अघि नेपालविरुद्ध शतक बनाएका यशश्वी जैसवाल भने यस खेलमा शुन्यमै आउट भएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेश २० ओभरमा ९ विकेट गुमाउदै ९६ रनमा सिमित भएको थियो ।
अब फाइनलमा भारतले आजै हुने दोस्रो फाइनलका पाकिस्तान र अफगानिस्तानबीचको विजेतासँग खेल्ने छन् । एशियन गेम्समा क्रिकेटको फाइनल खेल शनिबार हुदै छ ।
त्यसैगरी सेमिफाइनलमा भारतसँग पराजित भएको बंगलादेश भने काश्य पदकका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग शनिबारनै खेल्ने छ ।




