खेलकुद

इङल्याण्डले न्यूजील्याण्डलाई दियो २८३ रनको चुनौती

काठमाडौँ । आइसीसी विश्वकपको पहिलो खेलमा इङल्याण्डले न्यूजील्याण्डलाई २८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको हो ।

इङल्याण्डका लागि जो रुटले सर्बाधिक ७७ रन बनाए भने कप्तान जोस बटलरले ४३ रन बनाएका थिए । त्यसैगरी जोनी बैरस्ट्रवले ३३ रनको योगदान दिए भने ह्यारी ब्रुकले २५, लियाम लिभिङस्टोनले २०, डविड मलान र साम कुरानले १४-१४, मोइन अली र क्रिस वोक्सले ११-११ रनको योगदान दिएका थिए । त्यस्तै मार्क वूडले अविजित १३ र आदील राशिदले अविजित १५ रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ३ विकेट लिए भने मिचेल सान्टनर र ग्लेन फिलिपले २-२ विकेट लिए । त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।

अब न्यूजील्याण्डले केहीबेरमा जवाफी ब्याटिंग गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *