काठमाडौँ । बंगलादेश जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा बंगलादेशले रोमान्चक खेलमा मलेसियालाई २ रनले पराजित गर्दै एशियन गेम्सको सेमिफाइनलमा पुगेको हो ।
बंगलादेशले दिएको ११७ रनको लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि बंगलादेशले खेल २ रनले जितेको थियो । यसअघि बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
अब सेमिफाइनलमा बंगलादेशले भारतको सामना गर्ने छ । भारतले नेपाललाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
त्यस्तै अर्को सेमिफाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने भएका छन् । पाकिस्तानले क्वाटरफाइनलमा हङकङलाई हराउदै सेमिफाइनलमा पुगेको थियो भने अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनल खेल शुक्रबार हुने छन् ।




