काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आर्सनल फ्रेन्च क्लब लेन्ससँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा लेन्सले आर्सनललाई २-१ गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।
लेन्सको जितमा एड्रियन थोमासन र इले वाहीले एक एक गोल गरेका थिए ।
त्यसैगरी आर्सनलका लागि गाब्रियल जिससले एक गोल गरेका थिए । खेलमा आर्सनलका लागि जिससले खेलको १४औं मिनेटमा शुरुवाती गोल गर्दै अग्रता दिलाएपनि लेन्सले खेलमा कमब्याक गर्दै खेलको २५औं र ६९औं मिनेटमा गोल गर्दै खेल जितेको थियो ।
यो जितपछि समुह बी मा रहेको लेन्सको २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै आर्सनलको २ खेलमा ३ अंक छ र समुहमा दोस्रो स्थानमा छ ।




