खेलकुद

इरानी क्लबमाथि अल हिलालको सहज जित

काठमाडौँ । एसियन च्याम्पियन्स लिग अन्तर्गत साउदी क्लब अल हिलालले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब नस्साजी मजान्दारनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक, नेइमार र सलेह अलशेहरिले एक एक गोल गरेका थिए । यस खेलमा अल हिलाल र नस्साजीका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलको ३८औँ मिनेटमा नस्साजीका अमिर मोहमद र अल हिलालका सलमान अल फराजले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

यस सिजनको एशियन च्याम्पियन्स लिगको पहिलो खेल बराबरी खेलेको अल हिलालले दोस्रो खेलमा जित हासिल गरेसँगै २ खेलमा ४ अंक हासिल गरेको छ ।

त्यस्तै नस्साजीको भने २ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *