खेलकुद

महिला कबड्डीमा नेपाल इरानसँग पराजित, सेमिफाइनलको सम्भावना कायमै

काठमाडौँ । नेपाल १९औं एशियन गेम्सको महिला कबड्डीमा इरानसँग ४३–१९ ले पराजित भएको छ ।

इरान पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता हो । यो जितपछि इरान प्रतियोगिताको सेमिफाइनल पुग्ने पनि निश्चित भएको छ ।

नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो । इरानविरुद्धको खेल गुमाए पनि प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुग्ने र पदक जित्ने सम्भावना कायमै रहेको छ ।

समूहको अन्तिम खेलमा इरानले बंगलादेशको बुधबार सामना गर्दैछ र त्यस खेलको नतिजापछि नेपाल सेमिफाइनलमा पुग्ने अवस्था स्पष्ट हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *