खेलकुद

दीपेन्द्रको तीन छक्का, नेपालले सय रन पार गर्‍यो

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले एक सय रन पुरा गरेको छ ।

नेपालले १३.२ ओभरमा एक सय रन पुरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै टोलीलाई एक सय रन कटाएका थिए । त्यसपछि पनि लगातार दुई बलमा उनले छक्का हिर्काएका थिए ।

१४ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर एक सय १९ रन बनाएको छ । दीपेन्द्र ३० र सन्दीप जोरा १२ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ३६ बलमा ८३ रन आवश्यक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *