खेलकुद

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् । उनलाई भारतीय बलर साइ किशोरले आउट गरेका हुन् ।

यस अघि नेपाली ब्याट्सम्यान आसिफ सेख १० रन बनाएर आउट भएका थिए । अहिले कुशल मल्ल र रोहित पौडेल क्रिजमा रहेका छन् ।

भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले अहिलेसम्म ९ ओभरमा २ विकेट गुमाएर ६२ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *