विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

यो प्रस्तावित यात्राबारे चर्चा अहिले सुरुवाती चरणमा छ । उनले भारतको यात्रा गरेमा यो निकै अर्थपूर्ण हुने भारतीय मिडियाको दाबी छ । युक्रेनमा युद्ध सुरु भएपछि युक्रेनी राष्ट्रपतिले गरेको पहिलो भारत भ्रमण हुने छ ।

जेलेन्स्कीको भ्रमणको विषयमा भारतीय पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरको संयन्त्रमा चर्चा भइरहेको छ । यो संयन्त्रमातहत, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमक र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल कुराकानीमा रहेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *