काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल शबाबलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल शबाबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा कालीडोउ कोउलीबाली र अलेक्सान्दर मिट्रोभिकले एक एक गोल गरेका थिए ।
यस खेलमा नेइमारले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए भने यस खेलमा उनले एक गोल असिस्ट गरेका थिए ।
यो जितपछि अल हिला साउदी लिगको शिर्ष स्थानमा उक्लिएको छ । अल हिलालको ८ खेलमा २० अंक भएको छ । त्यसैगरी अल शबाबको भने ८ खेलमा ८ अंक भएको छ र लिगमा ११औं स्थानमा छ ।




