काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । खेलको ७६औं मिनेटमा सेभियाका सर्जियो रामोसले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ८ खेलमा २० अंक भएको छ । यद्यपी एक खेल कम गलेको गिरोनाको १९ र रियल म्याड्रिडको १८ अंक रहेको छ ।
त्यस्तै सेभियाले भने यस सिजनमा खराब शुरुवात गरेको छ । सेभियाको यस सिजनमा यो चौथो हार हो । ७ खेलमा केवल ७ अंक रहेको सेभिया लिगमा १२औँ स्थानमा झरेको छ ।




