खेलकुद

बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिग अन्तर्गत बार्सिलोना मल्लोर्कासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना र मल्लोर्का २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

बार्सिलोनालाई फेर्मिन लोपेजले बराबरी गोल गर्दै हारबाट बचाएका हुन् । त्यस्तै बार्सिलोनाका लागि अर्को गोल राफिन्हाले गरेका हुन् । यसअघि मल्लोर्काका लागि भेदात मुरिकी र एबडोन प्राटले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ९८औं मिनेटमा मल्लोर्काक पाब्लो माफेओए रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि बार्सिलोनाको ७ खेलमा १७ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै मल्लोर्काको ७ खेलमा ६ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *