खेलकुद

बराबरीमा रोकिए आर्सनल र टोटनह्याम

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र टोटनह्याम बराबरीमा रोकिएका छन् ।

आइतबार सम्पन्न खेलमा आर्सनल र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

टोटनह्यामका लागि दुवै गोल सन् हेंग मिनले गरेका थिए भने आर्सनलका लागि बुकायो साकाले एक गोल गरेका थिए भने टोटनह्यामक क्रिस्तियन रोमेरोले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो बराबरीपछि टोटनह्याम र आर्सनलले एक एक अंक बाँडेका छन् । यो खेलपछि टोटनह्यामको ६ खेलमा १४ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ भने ६ खेलमा १४ अंक नै रहेको आर्सनल पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *