खेलकुद

अस्ट्रेलियाविरुद्ध भारतको लगातर दोस्रो जित

काठमाडौँ । भारतले अस्ट्रेलियालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ ।

जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतले डक वर्थ लुइस नियमका आधारमा ९९ रनले पराजित गरेसँगै तीन खेलको सिरिजमा लगातार दोस्रो खेल जितेको हो ।

भारतले दिएको ४०० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले लक्ष्य पछ्याउनेक्रममा बर्षाले खेल अवरुद्ध भएपछि अस्ट्रेलियालाई ३३ ओभरमा ३१७ रनको लक्ष्य दिइएको थियो । अस्ट्रेलियाले २८.२ ओभरमा अल आउट हुदै २१७ रन मात्र बनाएपछि खेल ९९ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले शुभमन गिल र श्रेयस अय्यरको शतकको मद्धतले ३९९ रन बनाएको थियो ।

यो जितसँगै भारतले ३ खेलको सिरिज २-० ले जितेको छ ।

साथै एकदिवसीय खेलमा अस्ट्रेलियाको यो लगातार पाँचौं हार हो । यस अघि अस्ट्रेलिया दक्षिण अफ्रिकासँग लगातार तीन खेल हारेको थियो ।

अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *