खेलकुद

सासुओलोसँग स्तब्ध युभेन्टस

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा सासुओलोले युभेन्टसमाथि ४-२ गोलको शानदार जित हासिल गरेको हो ।

सासुओलोको जितमा अर्मान्ड लाउरिएन्टे, डोमेनीको बेटार्डी, आन्द्रे पिनामोंटीले एक एक गोल गरेका थिए भने युभेन्टसका फेडेरिको गट्टीले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी युभेन्टसका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए भने ससुओलोका मातियास भिनाले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि सासुओलोको ५ खेलमा ६ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी युभेन्टसको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि युभेन्टसको ५ खेलमा १० अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *