काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोट्टीङघमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।
यस खेलमा म्यानचेस्टर सिटीका रोड्रीले खेलको ४६औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शतप्रतिशत जित निकाल्दै ६ खेलमा १८ अंक हासिल गरेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी नोट्टीङघमको ६ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।




