खेलकुद

नेपाली महिला टिम भियतनामसँग २-० ले पराजित

काठमाडौँ । नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ ।

नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो । भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ मिनेटमा नागुयन थि बीच थुयले एक एक गोल गरेका थिए ।

तुलनात्मकरुपमा बलियो रहेको भियतनामलाई नेपाली टिमले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो ।

फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

अब एशियन गेम्स अन्तर्गत नेपालले आगामी सोमबार जापानसँग खेल्दैछ भने विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *