खेलकुद

दुई हारपछि नेपाली पुरुष भलिबल टिम एसियाली खेलकुदबाट बाहिरियो

ठमाडौँ । नेपाली पुरुष भलिबल टिम एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ ।

एशियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एशियाली खेलकुदबाट बाहिरिएको हो ।

समूह बी मा रहेको नेपाल शक्तिशाली इरानसँग २५-९, २५-१५ र २५-१३ को सोझो सेटमा पराजित भएको हो । इरान पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण पदक जितेको टिम हो ।

नेपाल यसअघि बहराइनसँग २०-२५, २५-२०, २५-१८, र २५-१५ को ३-१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *