विश्व

भारतीय कुटनीतिज्ञ क्यानडाबाट निष्कासित

काठमाडौँ । क्यानडाले एक शीर्ष भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

सोमबार क्यानडाका विदेशमन्त्री मेलानी जोलीले क्यानडामा रहेको भारतीय गुप्तचर प्रमुखलाई निष्कासन गरिएको बताएकी छिन । विदेशमन्त्री जोलीले भनिन्, “यदि सत्य प्रमाणित भयो भने यो हाम्रो सार्वभौमसत्ता र देशहरूले कसरी एकअर्कासँग व्यवहार गर्ने भन्ने आधारभूत नियमको ठूलो उल्लङ्घन हुनेछ।”

प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा एक सिख कार्यकर्ताको हत्यामा भारतको सरकारको संलग्नता रहेको हुनसक्ने विश्वसनीय आरोपको अनुसन्धान गरिरहेको बताएका छन् ।

खालिस्तान भनेर चिनिने स्वतन्त्र सिख मातृभूमिका कडा समर्थक सिख नेता हरदीप सिंह निज्जरलाई जुन १८ मा ब्रिटिश कोलम्बियाको सरेमा रहेको सिख सांस्कृतिक केन्द्र बाहिर गोली हानी हत्या गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *