काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिख लिभरकुसनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
बायर्न म्युनिखका लागि ह्यारी केन र लिओन गोरेत्काले एक एक गोल गरेका थिए । त्यस्तै लिभरकुसनका लागि एलेक्स ग्रिमाल्डो र एक्स्क्वेल पालासिओसले एक एक गोल गरेका थिए । पालासिओसले खेलको ९४औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै बायर्नसँग अंक खोसेका थिए ।
यो बराबरीपछि लिभरकुसन लिगमा शिर्ष स्थानमा उक्लिएको छ । लिभरकुसनको ४ खेलमा १० अंक भएको छ । त्यस्तै ४ खेलमा १० अंक नै रहेको बायर्न गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।




