काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा निस क्लबले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
निसको जितमा टेरेम मोफ्फीले २ गोल गरेका थिए भने गाएटान लाबोर्ड़ेले एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि किलीयन एम्बाप्पेले २ गोल गरेका थिए ।
यो यस सिजनको लिगमा पिएसजीको पहिलो हार हो । योहारसँगै पिएसजी लिगमा तेस्रो स्थानमा झरेको छ । पिएसजीको ५ खेलमा ८ अंक रहेको छ ।
त्यस्तै पिएसजीमाथि जित हासिल गरेसँगै निस क्लब भने दोस्रो स्थानमा उक्लिएको छ । निसको ५ खेलमा ९ अंक भएको छ ।




