काठमाडौँ । एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस जितेर पहिले व्याटिङ रोजेको छ । खेल केही समयपछि सुरु शुरु हुँदैछ ।
कोलम्बोमा भारी वर्षा हुँदा निर्धारित समयमा टस हुन सकेको थिएन । यस खेलको विजेता फाइनलमा पुग्ने हुनाले दुवैका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।
श्रीलंकाले सुपर फोरमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो ।
त्यस्तै पाकिस्तानले पनि एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो ।
त्यस्तै भारतले सुपर फोरमा आफ्ना दुवै खेल जितेर फाइनलमा स्थान सुरक्षित गरिसको छ भने बंगलादेशले सुपर फोरका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । यद्यपी सुपर फोरको अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश खेल्ने तालिका रहेको छ ।




