देश

जबरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाइ

काठमाडौं।अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणी पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको हो ।

सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालत विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो ।

चतरास्थित आश्रममा बोलाएर सिद्धबाबाले २०७६ कात्तिक ४ गते आफूलाई बलात्कार गरेको दाबी पीडित महिलाको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *