विश्व

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुडानी सेना प्रमुखको चेतावनी

काठमाडौं।सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

शनिबार ब्लु नाइल राज्यमा रहेको सेनाको चौथो इन्फन्ट्री डिभिजनको भ्रमणका क्रममा उनले उक्त चेतावनी दिएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै अल बुर्हानले अप्रिmकी संघ (एयू) र विकासमा अन्तर सरकारी प्राधिकरण (आईजीएडी) लाई सुडानको आन्तरिक मामिलामा हस्तक्षेप रोक्न नगर्न चेतावनी दिए ।

उनले अफ्रिकी युनियनको बारेमा आफूहरूको स्पष्ट धारणा रहेको भन्दै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरे सह्य नहुने चेतावनी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *