काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कतारले २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रन जोड्यो ।
कतारका लागि साची धडवालले २१ रन बनाइन् । यस्तै एलीना खानले १५ रन जोड्दा आयशा मोहमदले १० रन बनाइन् । एन्जिलिना मारे १४ रनमा अविजित रहिन् ।
बलिङतर्फ नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् । यस्तै पूजा महतो र कविता जोशीले १ १ विकेट लिए ।




