खेलकुद

ओसासुनामाथि बार्सिलोनाको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जुलेस कोउन्डे र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै ओसासुनाका लागि एजक्वेल अभिलाले एक गोल गरेका थिए ।

यस खेलमा ओसासुनाका अलेजान्द्रो काटेनाले खेलको ८४औं मिनेटमा रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा सिमित भएको थियो ।

यस सिजनमा बार्सिलोनाको यो तेस्रो जित हो । यो जितपछि बार्सिलोनाको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी ओसासुनाको यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि ओसासुनाको ४ खेलमा ६ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *