काठमाडौँ । भारतका तिब्र गतिका बलर जसप्रित बुमराह सोमबार हुने नेपालविरुद्धको खेल नखेल्ने भएका छन् ।
एशिया कपको समुह ए अन्तर्गतको अन्तिम खेलमा बुमराह निजी कारणले भारत फर्किएकाले नेपालविरुद्धको खेल गुमाउने भएको क्रिक इन्फोले उल्लेख गरेको छ । उनी पारिवारिक समस्याका कारण भारत फर्किएको बताइएको छ ।
बुमराहको स्थानमा नेपालविरुद्ध मोहमद शामी खेल्न सक्ने बताइएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तराष्ट्रिय मैदानमा सोमबार अपराहन्न ३: १५ बजेदेखि शुरु हुने खेल बर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको सिनियर टिमसँग खेल्न लागेको यो पहिलो पटक हो ।




