काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ ।
आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इर्लिंग हालाण्ड र रोड्रीले एक एक गोल गरेका थिए । यस खेलमा हलाण्डले एक पेनाल्टी मिस समेत गरेका थिए ।
त्यस्तै शेफफिल्डका लागि जयडेन बोगलेले एक गोल फर्काएका थिए ।
यो जितपछि सिटीले लगातार तेस्रो जित हासिल गरेको छ र ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।
त्यसैगरी शेफफिल्डले भने लगातार तेस्रो हार बेहोरेको छ ।




