काठमाडौं।सुडानको राजधानी खार्तुममा शनिबार ठूलो विष्फोट भएको छ । विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ)को मुख्यालयलगायतका क्षेत्रमा विष्फोट भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको जेट इन्धन भण्डारमा समेत भएको थियो । त्यस्तै, राष्ट्रपति भवन नजिकै पनि विष्फोट भएको हो ।
सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफबीच सशस्त्र झडप जारी छ । झडपमा परी तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
झडपमा परी चार मिलियनभन्दा बढी मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । सोही बराबर संख्यामा मानिस आन्तरिक रुपमा विस्थपित भएका छन् । एजेन्सी




