खेलकुद

अल हिलालको फराकिलो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल राएडमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल राएदलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसारीले दुई गोल गरेका थिए भने अलेक्सान्दर मिट्रोभिक र अब्दुल्लाह हामदानले एक एक गोल गरेका थिए ।

यस खेलमा अल हिलालका सेर्गेज मिलिन्कोभिक साभिक र अल राएदका ओउमार गोन्जालेजले खेलको ७६ र ७८ औं मिनेटमा रातो कार्ड पाउदा दुवै टिम १० -१० खेलाडीमा सिमित भएका थिए ।

यो जितपछि अल हिलालको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल राएदको भने जारी लिगमा यो लगातार तेस्रो हार हो ।

अब अल हिलालको अर्को खेल अगस्त २८ मा अल इत्तिफाकसँग रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *