काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इत्तिहादले लगातार तेस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा करिम बेन्जमा प्रेरित इत्तिहादले अल रियादलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
अल इतिहादको जितमा करिम बेन्जमाले एक गोल र एक असिस्ट गरेका थिए । जारी साउदी लिगमा इत्तिहादका लागि बेन्जमाको यो पहिलो गोल हो । त्यस्तै अबडेराजाक हमदल्लाहले दुई गोल गरे भने सालेह अल अम्रीले एक गोल गरेका थिए ।
नयाँ सिजनमा इत्तिहादको यो लगातार तेस्रो जित हो । यो जितपछि इत्तिहादको ३ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी अल रियादको ३ खेलमा ४ अंक रहेको छ । अब अल इतिहादले अर्को खेल अगस्त २८ मा अल वेहदासँग खेल्ने तालिका रहेको छ ।




